एकैदिन ३ लाख १३ हजारमा कोरोना संक्रमण, भारतमा मृतकको संख्या एक लाख नाघ्यो

एकैदिन ३ लाख १३ हजारमा कोरोना संक्रमण, भारतमा मृतकको संख्या एक लाख नाघ्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १७ गते शनिवार ०१:२९

पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख १३ हजार ६ सय ८८ जनामा संक्रमण देखिएको हो। यस बीचमा सबैभन्दा धेरै संक्रमित...

पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख १३ हजार ६ सय ८८ जनामा संक्रमण देखिएको हो।

यस बीचमा सबैभन्दा धेरै संक्रमित भारतमा फेला परेका छन् भने मृत्यु हुनेको संख्या पनि भारतमै सबैभन्दा धेरै छ। त्यहाँ हिजो एकै दिन झण्डै ८० हजार जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार ६९ जनाको मृत्यु भएको छ।

संक्रमणको कारण पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १० लाख ३२ हजार ६ सय ८४ पुगेको छ। यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिवार ०१:२९
प्रतिक्रिया दिनुहोस