भारतकाे केन्द्रीय सरकारका मन्त्री पासवानको निधन

भारतकाे केन्द्रीय सरकारका मन्त्री पासवानको निधन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार १२:५८

भारतको केन्द्रीय सरकारका मन्त्री तथा प्रख्यात नेता राम विलास पासवानको बिहीबार निधन भएको छ। केहि समयदेखि बिरामी रहेका उनी ७४ वर्षका थिए। मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका उनी लोक जनशक्ति पार्टीका संस्थापक...

भारतको केन्द्रीय सरकारका मन्त्री तथा प्रख्यात नेता राम विलास पासवानको बिहीबार निधन भएको छ।

केहि समयदेखि बिरामी रहेका उनी ७४ वर्षका थिए।

मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका उनी लोक जनशक्ति पार्टीका संस्थापक नेता हुन्।

उनको शनिबार मुटुको अप्रेसन गरिएको र त्यसपछि उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेपछि उनको स्वास्थ्य स्थिति गम्भीर भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

करिब पाँच दशकदेखि भारतीय राजनीतिमा रहेका उनी भारतका अग्रणी दलित नेता हुन्।

भारतमा दुई महिनाको अन्तरमा दुई केन्द्रीय मन्त्रीको निधन भएको छ।

यसअघि सेप्टेम्बरमा सुरेश अंगडीको कोरोनाका कारण निधन भएको थियो।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १२:५८
प्रतिक्रिया दिनुहोस