यस वर्षको नोवेल शान्ति पुरस्कार डब्लूएफपीलाई

यस वर्षको नोवेल शान्ति पुरस्कार डब्लूएफपीलाई

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार १०:१५

नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई प्रदान गर्ने भएको छ। सो कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ। डब्लूएफपीले भोकमरीविरुद्ध गरेको प्रयास, द्वन्द्वग्रस्त...

नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई प्रदान गर्ने भएको छ।

सो कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ।

डब्लूएफपीले भोकमरीविरुद्ध गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको स्थितिमा सुधार ल्याउन पुर्‍याएको योगदान र द्वन्द्व र युद्ध गर्न भोकमरीको प्रयोग गर्नबाट रोक्नका लागि उसले खेलेको भूमिकाका लागि सो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ।

साे घाेषणापछि डब्लूएफपीले साे संस्थाकाे याेगदानकाे सम्मान गर्दै साे पुरस्कार गरेकाेमा धन्यवाद प्रदान गरेकाे छ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १०:१५
प्रतिक्रिया दिनुहोस