कामुक देखिएको भन्दै फेसबुकले प्याजको फोटो डिलेट गरेपछि…

कामुक देखिएको भन्दै फेसबुकले प्याजको फोटो डिलेट गरेपछि…

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार १०:१६

क्यानेडियन गार्डेन सेन्टरका कर्मचारीहरुको हाँसो त्यसबेला रोकिएन जतिबेला फेसबुले प्याजको फोटो ‘निकै कामुक’ भएको भन्दै ब्लक गरिदियो। फेसबुकलाई कामुक लागेको प्याजको तस्बिर गेज सिड कम्पनीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको थियो।...

क्यानेडियन गार्डेन सेन्टरका कर्मचारीहरुको हाँसो त्यसबेला रोकिएन जतिबेला फेसबुले प्याजको फोटो ‘निकै कामुक’ भएको भन्दै ब्लक गरिदियो।

फेसबुकलाई कामुक लागेको प्याजको तस्बिर गेज सिड कम्पनीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको थियो। उक्त प्याज छिलिएर एउटा भाडोमा बेच्न राखिएको थियो।

खासमा १० हजार सदस्य भएको एक पेजले उक्त तस्बिर यौनजन्य गतिविधिलाई प्रेरित गर्ने खालको भएको भन्दै रिपोर्ट गरिदिएपछि फेसबुकले प्याजको फोटोलाई कामुक भएको भन्दै हटाएको थियो।

‘हामीले हालै फेसबुकबाट एउटा सन्देश प्राप्त गरेका छौं। हामीले पोस्ट गरेको प्याजको फोटो निकै कामुक भयो रे’ गेज सिडले आफ्नो फेसबुकमा यस घटनाबारे हाँस्यास्पद रुपमा भनेको छ,‘अब हामीले उक्त फोटो राखेर प्याज बेच्न पाउँदैनौं। संसारमा फोहोरी दिमाग भएका मानिस धेरैछन्।’

यस घटनापछि यतिबेला फेसबुकको एल्गोरिदमलाई बलियो बनाउन फेसबुक प्रयोगकर्ताले सुझाव दिइरहेका छन्।

खासम सामाजिक मर्यादाविरुद्धका अभिव्यक्ति, फोटो र भिडियोलाई रिपोर्ट गरिए फेसबुकले त्यसलाई पुनः अवलोकन गरेर हटाउँछ।

तर यति सामान्य विषयमा फेसबुक चुक्न नुहने भन्दै प्रतिक्रिया आइरहेका छन्। द सन

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १०:१६
प्रतिक्रिया दिनुहोस