चीनकै सहयोगी पाकिस्तानले टिकटकमा लगायो प्रतिबन्ध, अश्लिल सामग्री बढावा दिएको आरोप

चीनकै सहयोगी पाकिस्तानले टिकटकमा लगायो प्रतिबन्ध, अश्लिल सामग्री बढावा दिएको आरोप

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २४ गते शनिवार ०९:०४

पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तानले टिकटकले अश्लिल सामग्रीलाई बढावा दिएको र त्यस्ता सामग्रीलाई फिल्टर गर्न नसकेकाले...

पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ।

चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तानले टिकटकले अश्लिल सामग्रीलाई बढावा दिएको र त्यस्ता सामग्रीलाई फिल्टर गर्न नसकेकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएको छ।

पीटीएले भनेको छ,‘टिकटकमा अपलोड भएका अनैतिक र अश्लिल सामग्रीको विषयमा समाजमा गुनासो बढ्न थालेपछि प्रतिबन्ध लगाएको हौं।’

आफ्नो सामग्रीलाई नैतिकवान नबनाएसम्म र अश्लिल सामग्री नियन्त्रण नगरेसम्म टिकटक पाकिस्तानमा प्रतिबन्ध हुने पीटीएले उल्लेख गरेको छ।

पाकिस्तानमा प्रतिबन्ध लागेसँगै टिकटकले भनेको छ,‘जहाँ जहाँ टिकटक प्रयोग गरिन्छ हामी त्यहाँका क्षेत्रको कानुन र नियम पालना गर्न तयार छौं।’

‘हामी पीटीएसँग लगातार छलफल गरिरहेका छौं। हामी यस्तो नतिजामा पुगेको छौं र आशा छ हामीले यहाँका रचनात्मक अनलाईन समुदाय समक्ष सेवा प्रदान गर्नसक्छौं’ टिकटकले भनेको छ।

हालैमात्र भारतले राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै टिकटकसहित ५० भन्दा बढी चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो।

सीमा विवादबीच भारतले चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो। एजेन्सी

प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार ०९:०४
प्रतिक्रिया दिनुहोस