भारतीय अभिनेत्री कंगनाविरुद्ध उजुरी दर्ता गर्न अदालतको आदेश

भारतीय अभिनेत्री कंगनाविरुद्ध उजुरी दर्ता गर्न अदालतको आदेश

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २४ गते शनिवार १२:०८

कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले भारतीय अभिनेत्री कंगना रनौतविरुद्ध उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको छ। न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो। त्यसमा उनले कृषि...

कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले भारतीय अभिनेत्री कंगना रनौतविरुद्ध उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको छ।

न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो। त्यसमा उनले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेकी छन्।

अधिवक्ता रमेश नाइकको निवेदनअनुसार अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि अदालतले आदेश दिएको हो।

अदालतका अनुसार अधिवक्ता नाइकले अभिनेत्री कंगनाविरुद्ध अनुसन्धान माग गर्दै फौजदारी प्रक्रिया संहिता (सीआरपीसी) को धारा १५६ (३) बमोजिम निवेदन दिएका थिए।

गत सेप्टेम्बर २१ म कंगनाले किसानले गरेको प्रदर्शनविरुद्ध एक ट्विट गरेकी थिइन्, तर त्यो विवादित बनेपछि उनले डिलिट गरेकी थिइन्।एजेन्सी

प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार १२:०८
प्रतिक्रिया दिनुहोस