उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशमा अहिलेसम्म कोही पनि कोरोना संक्रमित नबनेको बताएका छन्।
देशमा शुन्य कोरोना संक्रमण हुनुमा उत्तर कोरियाली सेनाको हात रहेको उनको भनाइ छ।
चीनमा कोरोनाको संक्रमण देखिना साथ उत्तर कोरियाले गत जनवरी यता सीमानामा सेना खटाएको छ। अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिइएको छ।
शनिबार उत्तर कोरियाको सत्ताधारी पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा किमले सेनाले सिमानामा राम्रो रेखदेख गरेका कारण कोरोना संक्रमति व्यक्ति देश छिर्न नपाएको बताएका थिए।
सो क्रममा किमले उत्तर र दक्षिण कोरिया प्रकोपपछि सहकार्य गर्ने पनि बताएको रोयटर्सले जनाएको छ।
उत्तर कोरियाले नयाँ हतियारहरु पनि सार्वजनिक गरेको बताइएको छ। एजेन्सी
प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार ०१:०९