गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ सय ६९ पुग्यो

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ सय ६९ पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २५ गते आईतबार ०८:१९

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको जानकारी अनुसार प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। क्षयरोग उपचार केन्द्र,...

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको जानकारी अनुसार प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा बागलुङका ३७, कास्कीका २३, गोरखाका ११ र लमजुङका ७ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

संक्रमितलाई आइसोलेनसनमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७६९ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज २५ गते आईतबार ०८:१९
प्रतिक्रिया दिनुहोस