अस्पतालबाट निस्कँदा सर्ट च्यातेर शरीरमा सुपरम्यानको टिसर्ट देखाउन चाहन्थे ट्रम्प!

अस्पतालबाट निस्कँदा सर्ट च्यातेर शरीरमा सुपरम्यानको टिसर्ट देखाउन चाहन्थे ट्रम्प!

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २५ गते आईतबार ०१:४९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गतहप्ताको सोमबार अस्पतालबाट डिस्चार्ज भएका थिए। कोरोना संक्रमण भएपछि वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका ट्रम्प अस्पताल भर्ना भएको तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए। अस्पतालबाट...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गतहप्ताको सोमबार अस्पतालबाट डिस्चार्ज भएका थिए।

कोरोना संक्रमण भएपछि वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका ट्रम्प अस्पताल भर्ना भएको तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

अस्पतालबाट बाहिर निस्किने क्रममा ट्रम्पले सुपरम्यानको टिसर्ट लगाएको सबैलाई देखाउन चाहन्थे।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्प अस्पतालबाट बाहिर निस्कँदा बाहिर लगाएको सर्ट च्यातेर सुपरम्यानको टिसर्ट देखाउन चाहन्थे।

यो योजना ट्रम्पको आफ्नै भएको बताइएको छ। उनले आफू स्वास्थ र बलियो भएको देखाउन त्यो गर्न चाहन्थे।

यद्यपी उनले योजना बनाएपनि त्यसो भने नगरेको बताइएको छ।

प्रकाशित मिति २०७७ असोज २५ गते आईतबार ०१:४९
प्रतिक्रिया दिनुहोस