धादिङमा गुडिरहेको बसमा आगलागी

धादिङमा गुडिरहेको बसमा आगलागी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार ०५:३७

  २६ असोज, काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि...

 

२६ असोज, काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ ।

सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।

हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । तार सट भएर आगो लागेको अनुमान छ ।

बसमा यात्रुहरु थिएनन् । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ ।

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार ०५:३७
प्रतिक्रिया दिनुहोस