जम्मु–कस्मिरमा सोमबार भारतीय सेनाको कारवाहीमा आतंकवादी समूह लस्कार–इ–ताइबा समूहका एक कमाण्डरसहित दुई आतंकवादी मारिएका छन्।
कस्मिरको रामबाग क्षेत्रमा भारतीय सेनाको कारवाहीमा लस्कार–इ–ताइबा समूहका कमाण्डर सैफुलाह मारिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
जम्मु–कस्मिरका प्रहरीले दुई आतंकवादी मारिएको भन्दै ट्वीट गरेको छ। यी आतंकवादीहरु नाउगाम आक्रमणका योजनाकार भएको बताइएको छ। हालै त्यस आक्रमणमा दुई भारतीय सेनाको ज्यान गएको थियो।
गत सेप्टेम्बर २४ मा चादोरा भन्ने क्षेत्रमा पनि यी आतंकवादीले नै आक्रमण गरेको बताइएको छ।
आक्रमणमा मारिएका आतंकवादीहरु मध्ये एकजना स्थानीय आतंकवादी भएको र अर्का पाकिस्तानका नागरिक भएको बताइएको छ।
प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार १०:३३