अर्नव गोस्वामीविरुद्ध बलिउडका निर्माता एकजुट, उच्च अदालतमा मुद्दा दर्ता

अर्नव गोस्वामीविरुद्ध बलिउडका निर्माता एकजुट, उच्च अदालतमा मुद्दा दर्ता

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार ०१:०४

बलिउडका ३४ ठूला फिल्म निर्माता तथा ४ फिल्म संस्थाले अर्नव गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध मुद्दा दायर गरेका छन्। ‘केही मिडिया हाउसले गैरजिम्मेवारीपूर्वक’ रिपोर्टिङ गरेको भन्दै उनीहरुले दिल्ली उच्च अदालतमा मुद्दा हालेका...

बलिउडका ३४ ठूला फिल्म निर्माता तथा ४ फिल्म संस्थाले अर्नव गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध मुद्दा दायर गरेका छन्।

‘केही मिडिया हाउसले गैरजिम्मेवारीपूर्वक’ रिपोर्टिङ गरेको भन्दै उनीहरुले दिल्ली उच्च अदालतमा मुद्दा हालेका हुन्। मुद्दा दायर गर्नेहरुमा आमिर खान, शाहरुख खान, सलमान खान, करण जौहर, अक्षय कुमार, आदित्य चोपडालगायतका प्रोडक्सन हाउस समेत समावेश छन्।

उनीहरुले रिपब्लिक टीभी, त्यसका सञ्चालक गोस्वामी, पत्रकार प्रदीप भण्डारी तथा टाइम्स नाउ च्यानल र यसका एंकर राहुल श्रीवास्तव र नविका कुमारलाई विपक्षी बनाएका छन्।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यी टेलिभिजन च्यानलले बलिउडका हस्तीहरुले राजपुतको हत्या गरेकोजस्ता गम्भीर आरोप लगाएका थिए।

महिनौँसम्म यस विषयमा लगातार प्रसारण गरिरहेका च्यानलहरुले बलिउडमा दुर्व्यवहार, लागूऔषध प्रयोग, ब्ल्याकमेलिङजस्ता गम्भीर समस्या रहेको आरोप लगाएका थिए। एजेन्सी

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार ०१:०४
प्रतिक्रिया दिनुहोस