सुनको मूल्य ६०० रुपैयाँले घट्यो

सुनको मूल्य ६०० रुपैयाँले घट्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २८ गते बुधबार ०८:४६

सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ। असोज २८ गते, बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा...

सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ। असोज २८ गते, बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।-

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०८:४६
प्रतिक्रिया दिनुहोस