काठमाडौँ उपत्यकामा थपिए १४ सय ३ संक्रमित

काठमाडौँ उपत्यकामा थपिए १४ सय ३ संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २८ गते बुधबार ११:०२

काठमाडौँ उपत्यकामा पछिल्ले २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा...

काठमाडौँ उपत्यकामा पछिल्ले २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज उपत्यकाका काठमाडौँमा ९९६ , भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना पुष्टि भएको हो।

मंगलबार उपत्यकामा २ हजार १२९ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ११:०२
प्रतिक्रिया दिनुहोस