मोदीको सम्पत्तिमा एक वर्षमा ३६ लाख भारुले वृद्धि

मोदीको सम्पत्तिमा एक वर्षमा ३६ लाख भारुले वृद्धि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३० गते शुक्रबार ०१:२९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसवर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफ्नो कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन्। यो अघिल्लो सालको तुलनामा ३६ लाख भारतीय रुपैयाँ बढी हो। गत वर्ष उनको कुल...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसवर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनले आफ्नो कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन्।

यो अघिल्लो सालको तुलनामा ३६ लाख भारतीय रुपैयाँ बढी हो। गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारतीय रुपैयाँ थियो।

उनले आफूसँग संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन्। तर, ऋण र सवारी साधन नभएको जनाएका छन्।

गृहमन्त्री अमित शाहको सम्पत्ति भने गतवर्षको भन्दा घटेको छ। गतसाल ३२ करोड सम्पत्ति रहेको जनाएका शाहले यो वर्ष आफूसँग २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन्। एजेन्सी

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०१:२९
प्रतिक्रिया दिनुहोस