पूर्व प्रधानमन्त्री खनालका दुवै फोक्सोमा पानी

पूर्व प्रधानमन्त्री खनालका दुवै फोक्सोमा पानी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३० गते शुक्रबार ०२:०१

  पूर्व प्रधानमन्त्री झलनाथ खनालको दुवै फोक्सोमा पानी जमेको छ। श्वासप्रश्वासमा समस्या भएपछि बुधबार ह्याम्स अस्पतालमा भर्ना भएका खनालको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ। नेकपामा वरिष्ठ...

 

पूर्व प्रधानमन्त्री झलनाथ खनालको दुवै फोक्सोमा पानी जमेको छ। श्वासप्रश्वासमा समस्या भएपछि बुधबार ह्याम्स अस्पतालमा भर्ना भएका खनालको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।

नेकपामा वरिष्ठ नेता  खनालको ह्याम्स अस्पतालको क्याविन नम्बर ९०७ मा भर्ना गरेर उपचार भैरहेको छ। अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माका अनुसार खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। खनालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

खनालको उपचारमा डा. अर्जुन कार्की, डा. रक्षा पाण्डे र डा. राजु पंगेनीको टोली तथा आवश्यक अनुसार विशेषज्ञहरुबाट भइरहेको छ।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०२:०१
प्रतिक्रिया दिनुहोस