बिहारका मन्त्री कपिल दियो कामतको कोरोनाका कारण मृत्यु

बिहारका मन्त्री कपिल दियो कामतको कोरोनाका कारण मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३० गते शुक्रबार ०६:५१

बिहारका मन्त्री कपिल दियो कामतको शुक्रबार कोरोना भाइरसका कारण मृत्यु भएको छ। पञ्चायती राज विभागका मन्त्री रहेका कपिलको पटनास्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा उपचारको क्रममा मृत्यु भएको भारतीय संचार माध्यमले...

बिहारका मन्त्री कपिल दियो कामतको शुक्रबार कोरोना भाइरसका कारण मृत्यु भएको छ।

पञ्चायती राज विभागका मन्त्री रहेका कपिलको पटनास्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा उपचारको क्रममा मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

गत अक्टोबर १ मा ७० वर्षका कामतलाई अस्पताल भर्ना गरिएको थियो। गतहप्ता मात्र उनलाई भेन्टिलेटरमा राखिएको थियो।

यसैहप्ता मात्र बिहारमा अर्कामन्त्री विनोद सिंहको ब्रेन हेमोरेजका कारण मृत्यु भएको थियो।

बिहारका मुख्यमन्त्री नितेश कुमारले एक हप्ताको अन्तरालमा आफ्नो क्याबिनेटका २ मन्त्री गुमाएका छन्। एजेन्सी

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०६:५१
प्रतिक्रिया दिनुहोस