भारी मतका साथ दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन

भारी मतका साथ दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक १ गते शनिवार ११:०६

जासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी छिन्। भारी मतका साथ जासिन्डा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचिन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सीएनएनका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा...

जासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी छिन्।

भारी मतका साथ जासिन्डा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचिन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सीएनएनका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ।

विपक्षी नेसनल पार्टीले २७ प्रतिशतभन्दा कम मत पाउने प्रक्षेपण गरिएको छ। जासिन्डा आर्डेनले कोरोना भाइरसलाई नियन्त्रण गर्न देशमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

कोरोनाको संक्रमणलाई शुन्यमा झार्ने पहिलो राष्ट्रपनि न्युजिल्यान्ड नै हो। हालसम्म न्युजिल्यान्डमा २ हजारभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सी

प्रकाशित मिति २०७७ कार्तिक १ गते शनिवार ११:०६
प्रतिक्रिया दिनुहोस