पर्वत जेसीज सप्ताह-२०२० विभिन्न रचनात्मक,सृजनात्मक,प्रबर्द्धनात्मक एवं सहयोग बितरण कार्यक्रम सहित समापन समारोह अनलाइनका माध्यमद्वारा पर्वत जेसीजका संस्थापक अध्यक्ष जेसीआइ सिनेटर दुर्गाप्रसाद श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो।
सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक का. का. उपाध्यक्ष जेसी मिलन पौडेल रहनु भयको थियो भने सात दिनका आठ कार्यक्रम संयोजकले आफ्नो नेतृत्वमा समुदायमा विभिन्न अनुसरण योग्य काम गर्नुभएको थियो।
जेसीज सप्ताहको प्रथम दिन “उद्घघाटन समारोह तथा कोभिड १९ मा अग्रपंक्तिमा रहेका संस्थालाई धन्यवाद तथा आभार”,दोस्रो दिन “जेसीज पुर्व परिचय तालिम” तेस्रो दिन “होडिङबोर्ड स्थापना कार्यक्रम” चौथो दिन “बृक्षारोपण तथा पर्यटन प्रबर्द्धन कार्यक्रम” पाँचौ दिन “कोभिड १९ अन्तरक्रिया कार्यक्रम” छैटौं दिन “महिला शसक्तिकरण तालिम तथा एकल महिलालाई बाख्रा बितरण” सातौ दिन “पोषणयुक्त खाद्य वितरण”, “समापन समारोह” गरि जेसीजको महान चाडको रुपमा रहेको जेसीज सप्ताह सम्पन्न भएको छ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष एवं कार्यक्रम संयोजक जेसी कृष्णप्रसाद श्रेष्ठ (राम)ले गर्नुभएको थियो भने संचालन पर्वत जेसीजका महासचिव जेसी सुमन श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी सुजन वरुवालले परिस्थिति अनुरुप परिपक्क निर्णय लिने युवा उत्पादन गर्ने एक मात्र संस्था त्यो जेसीज हो भन्नू भयो।
कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, जेसी बसन्तकुमार कर्माचार्य, जेसी अर्जुनप्रसाद चापागाईं, जेसी हिमबहादुर पौडेल क्षेत्रीले सप्ताह सफल रुपमा सम्पन्ह भएकोमा शुभकामना एवं बधाई ज्ञापन गर्नु भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष जेसी दुर्गाप्रसाद श्रेष्ठ ज्युले जेसीजका युवाले जहिले पनि चुनौतीलाई अवसरको रुपमा ग्रहण गर्नुपर्ने साथै प्रत्यक्ष रुपमा जनस्वास्थ्य सङ्ग सम्बन्धित समाजमा भइरहेका लापरबाही न्यूनीकरणको अगुवाई अब जेसीजले गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो।
प्रकाशित मिति २०७७ कार्तिक १ गते शनिवार ०४:३७