अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका छन्।
हिन्दुहरुको महान चाड बडादशैँ शनिबारदेखि सुरु भएको छ। सबैले घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गरेका छन्। दशैँलाई असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ।
यसबीचमा राष्ट्रपतिका लागि चुनावमा उठेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका हुन्।
As the Hindu festival of Navratri begins, Jill and I send our best wishes to all those celebrating in the U.S. and around the world. May good once again triumph over evil — and usher in new beginnings and opportunity for all.
— Joe Biden (@JoeBiden) October 17, 2020
उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’
आगामी नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। बाइडेनले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित मिति २०७७ कार्तिक २ गते आईतबार ०५:२३