अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ।
सन् २००४ मा गरेको अपराधमा दोषी पाएकी लिजा मोन्टगोमेरीलाई आगामी डिसेम्बर ८ मा घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सीएनएनले जनाएको छ।
लिजाले मिजोरीकी ८ महिनाकी गर्भवती महिलालाई हत्या गर्दै उनको बच्चालाई अपहरण गरेकी थिइन्।
यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो।
लिजा ६७ वर्षमा अमेरिकामा मृत्युदण्ड पाउने पहिलो महिला हुन्।

प्रकाशित मिति २०७७ कार्तिक २ गते आईतबार ०७:५२