दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने

दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार ०५:४७

डेढ बर्ष अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको कालीगण्डकी करिडोरअन्तर्गतको दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने भएको छ । टावर तथा सबस्टेसन निर्माण भए पनि बाढी पहिरोका कारण म्याग्दीदेखि...

डेढ बर्ष अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको कालीगण्डकी करिडोरअन्तर्गतको दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने भएको छ । टावर तथा सबस्टेसन निर्माण भए पनि बाढी पहिरोका कारण म्याग्दीदेखि पर्वतसम्मका विभिन्न संस्थानमा गाडिएका पोलमा क्षति भएपछि निर्माण कार्यमा थप ढिलाइ हुने भएको हो ।

 

कुश्मा नगरपालिका २ खुर्कोटका ३ सय भन्दाबढी परिवारले शुरुको सम्झौताअनुसार काम नभएको भन्दै हाइटेन्सन सार्न माग गर्दै विरोध गरिरहेका छन् ।

 

विद्युत् प्राधिकरणले दाना–खुर्कोट प्रसारणलाइनलाई नवलपरासीको बर्दघाटसम्म र्पुयाउने गरी १ सय ४३ किलोमिटर लामो कालिगण्डकी कोरिडोर प्रसारण आयोजनालाई खण्ड खण्डमा निर्माण कार्य अघि बढाएको थियो । एशियाली विकास बैंकको सहयोगमाकरिब २ अर्ब ७५ करोड रुपैयाँखर्च हुनेगरि चारबर्ष अघि शुरु गरेको दाना, खुर्कोट सवस्टेशन र प्रसारण लाइन गत कात्तिकमै सक्ने लक्ष्य थियो ।

 

म्याग्दी र मुस्ताङ अन्तर्गत कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरि निर्माण गरिएका हो

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ०५:४७
प्रतिक्रिया दिनुहोस