हवाई आक्रमण क्षमता बढाउन चीनले थप्यो नयाँ रहस्यमय क्षेप्यास्त्र

हवाई आक्रमण क्षमता बढाउन चीनले थप्यो नयाँ रहस्यमय क्षेप्यास्त्र

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ४ गते मङ्गलबार ०१:०४

चिनियाँ सेनाले विमानबाट प्रहार गर्न मिल्ने नयाँ क्षेप्यास्त्र प्रयोगमा ल्याएको छ। यसले चिनियाँ वायु सेनाको आक्रमण क्षमता वृद्धि गर्ने विश्लेषकहरुले जनाएका छन्। यसअघि चिनियाँ वायु सेनाको बमवर्षक विमानले च्याङचियान सिरिजको...

चिनियाँ सेनाले विमानबाट प्रहार गर्न मिल्ने नयाँ क्षेप्यास्त्र प्रयोगमा ल्याएको छ। यसले चिनियाँ वायु सेनाको आक्रमण क्षमता वृद्धि गर्ने विश्लेषकहरुले जनाएका छन्।

यसअघि चिनियाँ वायु सेनाको बमवर्षक विमानले च्याङचियान सिरिजको क्षेप्यास्त्र प्रयोग गर्ने गरेको थियो। नयाँ क्षेप्यास्त्रको मार क्षमता बढी रहेको जनाइएको छ।

शनिबारदेखि चिनियाँ सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा एच–६ एन वमवर्षक विमानमा यो नयाँ क्षेप्यास्त्र देखिएको छ। यद्यपि यसको नाम र क्षमता भने सार्वजनिक गरिएको छैन।

यो क्षेप्यास्त्र चीनको शक्तिशाली हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र डीएफ–१७ जस्तै देखिन्छ।

‘सीजे–२० क्षेप्यास्त्र एक दशकभन्दा बढी समयदेखि प्रयोगमा छ। अरु मुलुकले आधुनिक प्रतिरोध प्रणाली विकास गरिरहेका छन्। यस्तो बेला चिनियाँ सेनाले आक्रमण क्षमता बढाउन क्षेप्यास्त्र अपग्रेड गर्ने समय भएको थियो,’ चिनियाँ सेनाको स्रोतले भन्यो, ‘यो नयाँ क्षेप्यास्त्रले रुस र अमेरिकाले विकास गरिरहेका अरु क्षेप्यास्त्रसँग बराबरी गर्नेछ।’

सीजे–२० क्षेप्यासत्रले २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने बताइएको छ।

पछिल्लो दशक चीनले हतियार क्षमता विस्तार गर्न अनुसन्धानमा करोडौँ डलर लगानी गरेको छ। एससीएमपी

प्रकाशित मिति २०७७ कार्तिक ४ गते मङ्गलबार ०१:०४
प्रतिक्रिया दिनुहोस