गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १० गते आईतबार ०३:४२

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने...

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको गृहका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो । सह–सचिव पोखरेलले तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए । उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यभार समालेका थिए ।

प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०३:४२
प्रतिक्रिया दिनुहोस