एक–अर्कालाई साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल, वैज्ञानिकले पत्ता लगाए

एक–अर्कालाई साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल, वैज्ञानिकले पत्ता लगाए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १० गते बिहिबार ०७:२९

  माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले...

 

माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच देखि ६ वर्षभित्र महिलाको १० किलो तौल बढ्छ । साथै, जो महिला आफ्ना पार्टनरसँगै बसिरहेका छन् तर विवाहित छैनन्, उनीहरुको तौल ९ किलोसम्म बढेको पाइयो ।  यसका साथै, जो महिला प्रेममा थिए तर पार्टनरसँगै बसिरहेका थिएनन्, उनीहरुको तौल पाँच किलोसम्म बढेको भेटियो ।

प्रकाशित मिति २०७५ माघ १० गते बिहिबार ०७:२९
प्रतिक्रिया दिनुहोस