माजिक सेवामा सक्रिय संस्था इनर ह्वील क्लब अफ पर्वतले साउन महिनाको अवसरमा गुप्तेश्वर गुफामा शिवजीको दर्शन गर्न आएका श्रद्धालु भक्तजनलाई फलफूल तथा प्रसाद वितरण गरेको छ ।
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले साउन महिनामा गुप्तेश्वर गुफामा रुद्राअभिषेक, महामृत्युञ्जय मन्त्र पाठ सहित विशेष पुजा–आराधना गर्दै आएको छ । साउनको पहिलो सोमबार गुफामा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
क्लवले धार्मिक आस्था, सामाजिक सेवा तथा मानवीय सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले दर्शनार्थीलाई फलफूल र प्रसाद वितरण गरेको हो । कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुले गुफा परिसरमा उपस्थित भक्तजनलाई प्रसाद ग्रहण गराउँदै शुभकामना व्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष तुलसी वि पौडेलले धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बतउँदै यस्ता सेवामूलक कार्यक्रमले समाजमा सहयोग, सद्भाव र मानवीय भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आमागी दिनमा पनि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा यस्तै कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाई थियो ।
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका नवनिर्वाचित अध्यक्ष सन्तु गिरीले को सहभागीताले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने दाबी गर्नुभयो ।
साउन महिनामा गुप्तेश्वर महादेवको दर्शनका लागि दैनिक सयौं भक्तजन पुग्ने गरेका छन् । यस अवसरमा विभिन्न संघसंस्था तथा स्वयंसेवी समूहले समेत भक्तजनको सेवामा सहयोग गर्दै आएका छन् । गुप्तेश्वर गुफामा रुद्राभिषेक, महामृत्युञ्जय मन्त्र पाठ तथा शिवजीको विशेष पूजाआराधना हरेका सोमबार गरिने बताइएको छ ।
प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०२:३३