पर्वतको जलजला गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाले...
पर्वतको जलजला गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य क्षेत्रका प्रमुख सूचकहरूको समीक्षा गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपक आचार्य, विभिन्न वडाका वडा अध्यक्षहरू, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख तथा प्रतिनिधि, गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुखहरू र स्वास्थ्य तथ्याङ्क फोकल पर्सनहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजनाका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर तथा प्रभावकारिता अभिवृद्धिका लागि तथ्याङ्कमा आधारित योजना निर्माण र कार्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका गोरे नेपालीलाई सम्मानसहित बिदाइ गरिएको छ । गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरिएको थियो ।
यसैगरी, स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई पनि कार्यक्रममा पुरस्कृत गरिएको छ । उत्कृष्ट कार्यसम्पादनतर्फ प्रथम बनौँ स्वास्थ्य चौकी, द्वितीय मल्लाज स्वास्थ्य चौकी र तृतीय सालिजा स्वास्थ्य चौकी घोषित भएका छन् । उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमले विगत वर्षको स्वास्थ्य क्षेत्रको समग्र अवस्थाको समीक्षा गर्दै आगामी वर्षका स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण आधार तयार गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।