गीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर खाएको थिएँ, एक्कासि मुटुको धड्कन हरायो । र, अस्पताल नै भर्ना हुनुपर्यो ।’
महले ज्यानैसम्म जानसक्ने चिकित्सकले सुनाएको अधिकारीले बताएका छन् । ‘अस्पतालमा डाक्टरको कुरा सुन्दा मामला सोचेभन्दा बढी गम्भीर भएको थाहा भयो,’ सामाजिक सञ्जालमा अधिकारीले लेखेका छन्, ‘लेकाली लालीगुराँसको रसबाट माहुरीले सङ्कलन गरेको मह सेवनबाट धेरैले ज्यान गुमाएका छन् भन्ने अनुभव डक्टर साबसँग रहेछ।’मह खाँदा सचेत रहन अधिकारीले सुझाव दिएका छन्। उनको पोस्टमा प्रतिक्रिया दिने थुप्रैले मह खाँदा सजग हुनुपर्ने विषयमा चर्चा पनि गरेका छन् ।
के साँच्चै मह खाँदा मुटुको समस्या हुन्छ ?
महले स्वास्थ्य समस्या निम्त्याउने कुरा सत्य भएको वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा बताउँछन् । हिमाली क्षेत्र र उच्च पहाडतिर जंगली माहुरीले बनाएको मह सेवनबाट बिरामी परेका धेरै ‘केस’ आफूले हेरेको शेर्पाले सुनाए।
मेडिकल भाषामा यसलाई ‘वाइल्ड म्याड हनी पोइजनिङ’ तथा ‘म्याड हनी पोइजनिङ’ भनिने गरेको डा. शेर्पाले जानकारी दिए । उनका अनुसार उच्च पहाडमा हुने लालीगुराँसका फूलमा ग्रायनोटक्सिन भन्ने रसायन हुन्छ । माहुरीले यस्ता फूलबाट रस लिएर मह बनाउँदा त्यो रसायन महमा मिसिन्छ । यस्तो मह बढी खाएमा नशा लागेर बिरामी पर्ने डा. शेर्पाले जानकारी दिए।
धेरैजसो मुटुको धड्कन कम भएर आएका बिरामी हेरेको डा. शेर्पाको अनुभव छ । यसबारे नेपालमै केही ‘केस स्टडी’ भई प्रकाशन समेत भएको उनले जानकारी दिए।आँखाँको नानी फुलाउने समस्या देखिन्छ, कुनै पनि दृश्यलाई दुईवटा देख्ने, वाक–वाक लाग्ने, रिंगटा लाग्ने, बान्ता आउने पनि हुन्छ’ डा. शेर्पाले भने, ‘कुनैकुनै केसमा बिरामी बेहोस भएर आएको पनि पाएका छौँ।’
अध्ययनले के भन्छ ?
जंगली मह खाएर बिरामी परेका घटनाका बारेमा नेपाल तथा विदेशमा समेत धेरै ‘क्लिनिकल’ अध्ययन भएको देखिन्छ ।
नेसनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले सन् २००९ मा ‘म्याड हनी पोइजनिङको केस स्टडी’ भन्ने अध्ययन गरेका थिए । यसमा जंगली मह सेवनपछि बिरामी परेका ७ केसको अध्ययन गरेको देखिन्छ।
उक्त अध्ययनमा जंगली मह खाएर बिरामी परेका २० देखि २५ वर्ष उमेरका ७ युवाको अवस्थाबारे उल्लेख गरिएको छ ।
बिरामीको शरीरमा ग्रायनोटक्सिन रसायन फेला परेको उनीहरूले उल्लेख गरेका छन् ।
यीमध्ये २ केसमा कार्डियाक डिप्रेसन देखिएको, धेरैजसोमा दृष्टि धमिलो हुने, डिप्लोपिया, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिएको अध्ययनको रिपोर्टमा उल्लेख गरिएको छ।
जंगली महको विषक्तताबारे सन् २०२३ मा पनि नेपालमै एक ‘केस स्टडी’ भएको भेटिन्छ । जंगली मह खाएकै कारण बेहोस भएर इमर्जेन्सीमा उपचार गर्न ल्याइएका एक ४५ वर्षीय पुरुषको बारेमा अध्ययन भएको देखिन्छ । यसमा उनले करिब १०० मिलि मह खाएको अध्ययन रिपोर्टमा भनिएको छ ।
यस केसमा पनि मुटुको धड्कन घटेको उल्लेख छ ।जंगली मह खाएर बिरामी परेका ५ बिरामीबारे सन् २०२४ मा गरिएको अर्को अध्ययन पनि प्रकाशित भएको देखिन्छ । यसमा वार्डमा भर्ना भएका २ जना र आईसीयूमा भर्ना भएका ३ व्यक्तिको बारेमा अध्ययन गरिएको छ।
गीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर खाएको थिएँ, एक्कासि मुटुको धड्कन हरायो । र, अस्पताल नै भर्ना हुनुपर्यो ।’
महले ज्यानैसम्म जानसक्ने चिकित्सकले सुनाएको अधिकारीले बताएका छन् । ‘अस्पतालमा डाक्टरको कुरा सुन्दा मामला सोचेभन्दा बढी गम्भीर भएको थाहा भयो,’ सामाजिक सञ्जालमा अधिकारीले लेखेका छन्, ‘लेकाली लालीगुराँसको रसबाट माहुरीले सङ्कलन गरेको मह सेवनबाट धेरैले ज्यान गुमाएका छन् भन्ने अनुभव डक्टर साबसँग रहेछ।’
मह खाँदा सचेत रहन अधिकारीले सुझाव दिएका छन्। उनको पोस्टमा प्रतिक्रिया दिने थुप्रैले मह खाँदा सजग हुनुपर्ने विषयमा चर्चा पनि गरेका छन् ।
के साँच्चै मह खाँदा मुटुको समस्या हुन्छ ?
महले स्वास्थ्य समस्या निम्त्याउने कुरा सत्य भएको वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा बताउँछन् । हिमाली क्षेत्र र उच्च पहाडतिर जंगली माहुरीले बनाएको मह सेवनबाट बिरामी परेका धेरै ‘केस’ आफूले हेरेको शेर्पाले सुनाए।
मेडिकल भाषामा यसलाई ‘वाइल्ड म्याड हनी पोइजनिङ’ तथा ‘म्याड हनी पोइजनिङ’ भनिने गरेको डा. शेर्पाले जानकारी दिए । उनका अनुसार उच्च पहाडमा हुने लालीगुराँसका फूलमा ग्रायनोटक्सिन भन्ने रसायन हुन्छ । माहुरीले यस्ता फूलबाट रस लिएर मह बनाउँदा त्यो रसायन महमा मिसिन्छ । यस्तो मह बढी खाएमा नशा लागेर बिरामी पर्ने डा. शेर्पाले जानकारी दिए।
धेरैजसो मुटुको धड्कन कम भएर आएका बिरामी हेरेको डा. शेर्पाको अनुभव छ । यसबारे नेपालमै केही ‘केस स्टडी’ भई प्रकाशन समेत भएको उनले जानकारी दिए।‘आँखाँको नानी फुलाउने समस्या देखिन्छ, कुनै पनि दृश्यलाई दुईवटा देख्ने, वाक–वाक लाग्ने, रिंगटा लाग्ने, बान्ता आउने पनि हुन्छ’ डा. शेर्पाले भने, ‘कुनैकुनै केसमा बिरामी बेहोस भएर आएको पनि पाएका छौँ।’
अध्ययनले के भन्छ ?
जंगली मह खाएर बिरामी परेका घटनाका बारेमा नेपाल तथा विदेशमा समेत धेरै ‘क्लिनिकल’ अध्ययन भएको देखिन्छ ।नेसनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले सन् २००९ मा ‘म्याड हनी पोइजनिङको केस स्टडी’ भन्ने अध्ययन गरेका थिए । यसमा जंगली मह सेवनपछि बिरामी परेका ७ केसको अध्ययन गरेको देखिन्छ।उक्त अध्ययनमा जंगली मह खाएर बिरामी परेका २० देखि २५ वर्ष उमेरका ७ युवाको अवस्थाबारे उल्लेख गरिएको छ ।
बिरामीको शरीरमा ग्रायनोटक्सिन रसायन फेला परेको उनीहरूले उल्लेख गरेका छन् ।यीमध्ये २ केसमा कार्डियाक डिप्रेसन देखिएको, धेरैजसोमा दृष्टि धमिलो हुने, डिप्लोपिया, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिएको अध्ययनको रिपोर्टमा उल्लेख गरिएको छ।
जंगली महको विषक्तताबारे सन् २०२३ मा पनि नेपालमै एक ‘केस स्टडी’ भएको भेटिन्छ । जंगली मह खाएकै कारण बेहोस भएर इमर्जेन्सीमा उपचार गर्न ल्याइएका एक ४५ वर्षीय पुरुषको बारेमा अध्ययन भएको देखिन्छ । यसमा उनले करिब १०० मिलि मह खाएको अध्ययन रिपोर्टमा भनिएको छ ।
यस केसमा पनि मुटुको धड्कन घटेको उल्लेख छ ।जंगली मह खाएर बिरामी परेका ५ बिरामीबारे सन् २०२४ मा गरिएको अर्को अध्ययन पनि प्रकाशित भएको देखिन्छ । यसमा वार्डमा भर्ना भएका २ जना र आईसीयूमा भर्ना भएका ३ व्यक्तिको बारेमा अध्ययन गरिएको छ।
प्रकाशित मिति २०८३ असोज १ गते बिहिबार ०७:०६