मोदी गाउँपालिकामा नेपाली कांग्रेसको अधिवेशन सर्वसम्मत सम्पन्न

मोदी गाउँपालिकामा नेपाली कांग्रेसको अधिवेशन सर्वसम्मत सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असोज ७ गते बुधबार १२:०६

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतको मोदी गाउँपालिकामा गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले दिपेन्द्रजंग लामिछानेको सभापतित्वमा नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतको मोदी गाउँपालिकामा गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले दिपेन्द्रजंग लामिछानेको सभापतित्वमा नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट सभापतिमा दिपेन्द्रजंग लामिछाने, उपसभापतिमा कुल बहादुर बरुवाल र रेनु क्षेत्री, सचिवमा सुवास जी.सी. तथा सह–सचिवमा पशुपति वि.क. सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा युवा सदस्यतर्फ जितेन्द्र लामिछाने र विनोद क्षेत्री, महिला युवा सदस्यमा रिमा कुमारी शर्मा, दलित खुल्ला सदस्यमा बुद्धि बहादुर वि.क. तथा महिला दलित सदस्यमा भिमा देवी सुनार सर्वसम्मत चयन भएका छन्।

सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै मोदी गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।लामिछाने माेदिगाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनु भयकाे छ ।

नयाँ कार्यसमितिले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने लामिछानेकाे प्रतिबद्धता रहेकाे छ

प्रकाशित मिति २०८३ असोज ७ गते बुधबार १२:०६
प्रतिक्रिया दिनुहोस