नेपाली काँग्रेस जलजला गाउँपालिकाका सक्रिय युवा नेता तथा समाजसेवी बुद्धि बहादुर परियार गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि (दलिततर्फ) पदमा निर्विरोध निर्वाचित भएका छन्।
परियारले नेपाल दलित संघ, जलजला गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा दलित समुदायका हक, अधिकार, समानता र सामाजिक न्यायका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। दलित समुदायमाथि हुने विभेद, छुवाछुत र असमानताविरुद्ध सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएका परियारले शिक्षा, रोजगारी, अवसर र सामाजिक सम्मानमा समान पहुँचका लागि समेत पैरवी गर्दै आएका छन्।
समाजसेवामा समेत सक्रिय परियारले स्थानीयस्तरमा विभिन्न सामाजिक गतिविधि तथा समुदायका समस्यामा सहजीकरण गर्दै आएका छन्। दलित अधिकारको पक्षमा बोल्ने, समुदायका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने व्यक्तिका रूपमा उनको स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा पहिचान बनेको छ।
नेपाली काँग्रेसको संगठन निर्माणमा समेत निरन्तर सक्रिय रहँदै आएका परियार पार्टीका विभिन्न कार्यक्रम, अभियान तथा संगठनात्मक गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। पार्टी संगठनलाई थप बलियो, एकताबद्ध र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने उनको प्रतिबद्धता रहेको छ।
गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि परियारले आगामी दिनमा दलित अधिकार, सामाजिक न्याय, समान अवसर र पार्टी संगठन सुदृढीकरणका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने बताएका छन्।
यससँगै स्थानीय तहमा सामाजिक कार्य र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा नेतृत्वका रूपमा रहेका परियारको प्रदेशस्तरीय राजनीतिक भूमिकासमेत थप अगाडि बढेको छ
प्रकाशित मिति २०८३ असोज १८ गते आईतबार ०१:५०