जलजलला लस्तीका बाढि पडितलाई अन्तराष्ट्रिय पर्वत समाजको दशैको कोसेलि नयाँ आवास . कार्यक्रमामा सबै जना उपस्थीत भई दिन समाज को आग्रह

जलजलला लस्तीका बाढि पडितलाई अन्तराष्ट्रिय पर्वत समाजको दशैको कोसेलि नयाँ आवास . कार्यक्रमामा सबै जना उपस्थीत भई दिन समाज को आग्रह

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असोज १७ गते शुक्रबार ०६:१३

  नेपाल जन्मेर बिदेशको ठाउँमा काम गरिरहेको समाजिक सेवाको भावाना भएको अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको जलजला गाउँपालिका  लस्तीका   पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गर्नै भएको छ । नेपालि हरुको महान चाड वडा दशैको...

 

नेपाल जन्मेर बिदेशको ठाउँमा काम गरिरहेको समाजिक सेवाको भावाना भएको अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको जलजला गाउँपालिका  लस्तीका   पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गर्नै भएको छ । नेपालि हरुको महान चाड वडा दशैको असर पारि बाढि पिडितलाई घर हस्तान्तरण गर्न लागेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुण शाज शर्मा ले जानाकारी दिनु भएको छ ।

र्शमाका अनुसार सबै तयारी पुरा भएको र शनिवार घर हस्तान्तरण गर्नै र्शमाले बताउनु भएको हो । घर हस्तान्तरका लागि अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, उपाध्याक्ष झलक केसी, परशुराम पौडेल, महासचिव गुणराज शर्मा, सह–कोषाध्याक्ष विनोद पुरी, अन्तराष्ट्रिय पर्वत समाजका सदस्य कमल लामिछाने लगायतको टोली पर्वत आईसकेको छ ।

गत २०७५ साल साउन २ गते मुसलधारे पानि पछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्तीका पहिरो पीडितका लागि अन्तराष्ट्रिय पर्वत समाजले ३ वटा घर निर्माण गरिदिएको छ । उक्त घर हस्तान्तरण गरिने भएको हो ।

गत बर्ष साउन २ गते रातिदेखि परेको अबिरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु समेत भएको थियो । अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको थियो । समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार समाजले नौ लाख सहयोग गरेको छ । पहिरो पीडितका लागि आवास बनाउन अन्तरराष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०७६ असोज १७ गते शुक्रबार ०६:१३
प्रतिक्रिया दिनुहोस