राष्ट्रकवि घिमिरेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

राष्ट्रकवि घिमिरेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार ०६:२५

  राष्ट्रकवि माधवप्रसाद घिमिरेको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदैछ।   मंगलबार मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएका राष्ट्रपति घिमिरेको अहिले पशुपति आर्यघाटमा...

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदैछ।

 

मंगलबार मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएका राष्ट्रपति घिमिरेको अहिले पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गर्न लागिएको हो।

 

यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनकै निवासमा पुगि दिवाङ्गत राष्ट्रकविघिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

 

 

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका घिमिरेलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो।

 

उनका ‘गौरी’ ‘राजेश्वरी’, ‘इन्द्रकुमारी’, ‘राष्ट्रनिर्माता’ खण्डकाव्य, ‘मालती मंगले’ (गीतिनाटक) लगायतका कृति प्रकाशित छन्।

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार ०६:२५
प्रतिक्रिया दिनुहोस