युरोपेली राष्ट्र फिनल्यान्डले हेलेन्स्की विमानस्थलमा १० वटा कुकुर कोरोना संक्रमित यात्रु पत्ता लगाउन खटाएको बताएको छ।
यी कुकुरहरुले ७ मिनेटको अन्तरालमा यात्रुको र्याल सुँघेर कोरोना पत्ता लगाउनसक्ने फिनल्यान्डको दाबी छ।

त्यहाँका अधिकारीका अनुसार कोसी नामक कुकुरले ७ मिनेटभित्रै कोरोना संक्रमित व्यक्ति पत्ता लगाएको थियो।
कुकुरले कोरोना संक्रमति पत्ता लगाउने भएपछि कोरोना लागेका व्यक्ति पत्ता लगाउन निकै सहज र छिटो भएको बताइएको छ।
कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्ने विमानस्थल फिनल्यान्डको भएको भन्दै हेलेन्स्की विमानस्थलका निर्देशक उला लेटिजेफले खुशी व्यक्त गरेका छन्। एबीसीन्युज
प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार १२:०९