न्यूनतम मूल्यमा धान खरिद गर्ने कार्यविधि मन्त्रिपरिषदद्वारा पारित

न्यूनतम मूल्यमा धान खरिद गर्ने कार्यविधि मन्त्रिपरिषदद्वारा पारित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ५ गते बुधबार ०१:१४

सरकारले तोकेको न्यूनतम मूल्यमा धान खरिद गर्ने कार्यविधि मन्त्रिपरिषदले पारित गरेको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले न्युनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका पारित गरेसँगै...

सरकारले तोकेको न्यूनतम मूल्यमा धान खरिद गर्ने कार्यविधि मन्त्रिपरिषदले पारित गरेको छ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले न्युनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका पारित गरेसँगै किसानबाट धान खरिदका लागि बाटो खुला भएको हो।

जसमा सरकारले तोकेको न्यूनमत मूल्यमा धान खरिद गर्ने सहकारीले व्यवस्थापन खर्चको रुपमा १ सय १२ रुपैयाँ अनुदान प्राप्त गर्ने छन्।
सरकारले धान रोप्नुअघि नै धानको न्यूनतम मूल्य तोकेको थियो।

कृषि मन्त्रालयले यस वर्ष रोपाईँ हुनु अगाडि नै धानको न्युनतम समर्थन मूल्य मोटा धान प्रतिक्विन्टल २ हजार ७३५ रुपैयाँ र मध्यम धानप्रति क्विन्टल २ हजार ८८५ रुपैयाँ तोकेको थियो।

यसअघि पनि धानको न्यूनतम मूल्य तोकिएको थियो। तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।

सहकारीका प्रतिनिधिहरुसँग कृषिमन्त्री घनश्याम भुसालले धेरै पटक छलफल गरेपछि मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

हालसम्म १ सय ७५ सहकारीहरुले करिब डेढलाख मेट्रिक टन धान खरिद गर्न सक्ने आशय मन्त्रालयमा व्यक्त गरेको उप सचिव डा गङ्गादत्त आचार्यले बताए।

उनका अनुसार मन्त्रालयले चाँडै सूचना प्रकाशित गरी सबै सहकारीहरुलाई आह्वान गर्ने छ।

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ०१:१४
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७