एकै दिन झण्डै पाँच लाख संक्रमित थपिए, विश्वभर फेरि तीब्र गतिमा बढ्न थाल्यो कोरोना

एकै दिन झण्डै पाँच लाख संक्रमित थपिए, विश्वभर फेरि तीब्र गतिमा बढ्न थाल्यो कोरोना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ८ गते शनिवार ०२:५७

विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि तीब्र गतिमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ८९ हजार सात सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा विश्वभर ६ हजार पाँच सय २६ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्। पछिल्लो...

विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि तीब्र गतिमा बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ८९ हजार सात सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा विश्वभर ६ हजार पाँच सय २६ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ८१ हजार दुई सय १० जनामा संक्रमण पुष्टि भएको छ। ज्यान गुमाउनेको संख्यामा पनि अमेरिकामै सबैभन्दा धेरै छ। त्यहाँ हिजो एकै दिन नौ सय तीन जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्।

त्यसैगरी भारतमा हिजो एकै दिन ५४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६ सय ६५ जनाले ज्यान गुमाएका वल्र्डओमिटरमा उल्लेख छ।

त्यस्तै फ्रान्समा ४२ हजारमा संक्रमण देखिँदा दुई सय ९८ जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा २३ हजारमा संक्रमण पुष्टि हुँदा पाँच सय ६६ जनाले ज्यान गुमाएका छन्।

युरोपियन देश इटालीमा फेरि कोरोना संक्रमणले गति लिन थालेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १९ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। योसँगै इटालीमा कोरोना संक्रमितको संख्या ४ लाख ८४ हजार पुगको छ।

त्यसैगरी बेलायतमा शुक्रबार संक्रमणबाट दुई सय २४ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा दुई सय ३१ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या चार करोड २४ लाख ६९ हजार नाघेको छ। ११ लाख ४९ हजार एक सय ४२ जनाले ज्यान गुमाएका छन्। यो शनिबार बिहान आठ बजेसम्मको तथ्यांक हो।

प्रकाशित मिति २०७७ कार्तिक ८ गते शनिवार ०२:५७
प्रतिक्रिया दिनुहोस