‘रानीपानी देखि फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको ठेक्का आब्हान यसै बर्ष’

‘रानीपानी देखि फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको ठेक्का आब्हान यसै बर्ष’

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक १२ गते बुधबार १२:३४

जिल्लाको गौरबको आयोजना कालीगण्डकी लोकमार्गको अझै पनि केहि खण्डको ट्रयाक्क खन्ने काम बाँकी रहेको छ । ठेक्का आब्हान भएर सम्झौता भए पनि निर्माण कम्पनीको ढिला सुस्तीका कारण गौरबको आयोजनाको काम मन्द गतिमा अघि बढिरहेको हो । जिल्लाको...

जिल्लाको गौरबको आयोजना कालीगण्डकी लोकमार्गको अझै पनि केहि खण्डको ट्रयाक्क खन्ने काम बाँकी रहेको छ । ठेक्का आब्हान भएर सम्झौता भए पनि निर्माण कम्पनीको ढिला सुस्तीका कारण गौरबको आयोजनाको काम मन्द गतिमा अघि बढिरहेको हो । जिल्लाको सुदुर दक्षिण विहादी गाउँपालिकाको सेतीवेणीबाट शुरु हुने पर्वत खण्डको भाग उत्तरमा कुश्मा नगरपालिकाको अर्मादी भन्ने स्थानसम्म आइपुग्छ ।

यो सडकले देशको उत्तर चिन र दक्षिण भारतलाई जोड्छ । दुई देश जोड्ने सडकको निर्माण कार्य भने सुस्त गतिमा अघि बढिरहेको बेलामा पर्वत बासीका लागि अर्को खुशीको खबर आउने भएको छ । मुख्य गरी विहादी गाउँपालिका देखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाक्कमा अहिले स्तरोउन्नतीको काम भइरहेको छ । सोहि खण्डमा चालु बर्षमा नै ठेक्का आब्हान हुने प्रतिनिधि सभाका सांसद पदम गिरीले जानकारी दिएका छन् । जिल्लाको विहादी गाउँपालिकाको बर्राचौरमा आयोजीत सडक कालोपत्रेको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले चालु आर्थिक बर्षमा नै लोक मार्गको रानीपानी देखि बर्राचौर बाच्छा पाङराङ कुर्घा हुँदै फलेवास ढिकसम्मको सडकलाई कालोपत्रे गर्नका लागि बजेट निकाशाको प्रक्रिया भइरहेको बताए ।

उनले ठेक्का आब्हानको प्रक्रिया अघि बढेको भन्दै बजेटको सुनिश्चितता अर्थ मन्त्रालयबाट भए लगतै बोलपत्र आब्हान गरिने समेत जानकारी दिए । जिल्लाकै गौरबको आयोजना भएका कारण जनप्रतिनिधिको नाताले सो सडक कालोपत्रे गर्ने अभिभार आफूहरुको भएको भन्दै कोरोना संक्रमणका कारण बजेटको उपलब्धतामा समस्या परेको समेत सांसद गिरीको भनाई छ । बोलपत्र आब्हानको प्रक्रियाका लागि करीडोरको कार्यालयलाई निर्देशन दिईएको र फाइल स्विकृत गराएर चालु बर्ष देखि नै कालोपत्रेको काम शुरुवात गराउने सांसद गिरीले प्रतिबद्धता समेत ब्यक्त गरे ।

यस अघि सेतीवेणी देखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु गरीसकेको छ । लोकमार्गमा स्याङजा र पर्वत जोडने मोटरेवल पुल सेतीखोलामा निर्माणधिन अवस्थामा छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेवल पुल निर्माण सम्पन्न भईसकेको छ । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्रयाक्क खुल्न बाँकी रहेको छ ।

सडक खण्डको रानीपानी देखि फलेवास ढिकसम्म स्तराउन्नतीको काम भने अनितम चरणमा पुगेको छ । सडक खण्डमा अर्मादी देखि मोदीवेणीसम्मको सडकको ट्रयाक्क समेत पुरा भएको छैन । यो सडकको सवै खण्ड पुरा हुँदा उत्तर देखि दक्षिणी क्षेत्रको यात्रा सहज हुनेछ ।

प्रकाशित मिति २०७७ कार्तिक १२ गते बुधबार १२:३४
प्रतिक्रिया दिनुहोस