जापानमा बस्ने सबैलाई सरकारले को’रोना भाइरस वि’रुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा को’रोना भाइरस बाट स’ङ्क्रमितहरु भेटिइ रहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई को’रोना वि’रुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ ।
सरकारले छ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरि सकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ । त्यसैगरी १२ करोड मानिसलाई पुग्ने गरी अस्ट्रा जेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
फाइजर र मोडर्नाले को’रोना वि’रुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षण बाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ । जापानका प्रधानमन्त्रीले को’रोना भा’इरसको महामारी निय न्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।
तुलनात्मक रुपमा जापानमा को’रोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् । त्यसैगरी जापानमा अहिले कहिँ पनि अति कडा लक डाउन लागु गरेको देखिएको छैन । तर पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो । सङ्क्रमितहरु भेटिने क्रम चलिरहेको छ । एएफपी
प्रकाशित मिति २०७७ मङ्सिर १८ गते बिहिबार ०१:३२