बिहीबार तनहुँमा पुल उद्घाटन गर्दै नेता पौडेलले झापा काण्डमा व्यक्ति हत्या मुद्दा लागेर ओली १४ वर्ष जेल बसेको बताएका हुन् ।
कम्युनिस्टहरू लोकतन्त्रवादी नहुने भन्दै पौडेलले भने, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेका हुन् ।
कहाँबाट लोकतन्त्रका लागि बसे ? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेका होइनन् ।’ जोसमा आएर झापा काण्ड घटिहाल्यो भन्दै पौडेलले थपे, ‘यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ । केपी ओली मेराअगाडि कुरा गरून् ।’ नागरिक दैनिकबाट













