ओलीमाथी महासंकट – प्रचण्ड नेपालले लिए नसाेचेकाे कडा एक्सन !

ओलीमाथी महासंकट – प्रचण्ड नेपालले लिए नसाेचेकाे कडा एक्सन !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर २० गते शनिवार ०३:०८

तीन दिन सचिवालय बैठक स्थगन गरेर विवाद समाधानको कोसिस गरे पनि नेकपामा शुक्रबार साँझसम्म कुनै ठोस प्रगति भएको छैन। तनाव कायमै रहे पनि यसअघि नै तय भएको शनिबारको सचिवालय र आइतबारको स्थायी कमिटी बैठकको कार्यतालिका पनि हेरफेर भएको छैन। कान्तिपुर...

तीन दिन सचिवालय बैठक स्थगन गरेर विवाद समाधानको कोसिस गरे पनि नेकपामा शुक्रबार साँझसम्म कुनै ठोस प्रगति भएको छैन। तनाव कायमै रहे पनि यसअघि नै तय भएको शनिबारको सचिवालय र आइतबारको स्थायी कमिटी बैठकको कार्यतालिका पनि हेरफेर भएको छैन।

कान्तिपुर दैनिक लेख्छ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमूह शनिबारको बैठक टार्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल समूह बैठक गर्ने तयारीमा छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सहभागी नभएको बुधबारको सचिवालय बैठकयता भेटघाट बाक्ला भए पनि दुवै समूह आ–आफ्ना अडानमै रहेकाले कुनै विषयमा सहमति बनेको छैन। यसबीचमा दुवै समूहले आफूनिकट नेताहरुसँग समेत परामर्शमा छन्। ओलीले शुक्रबार बिहानै आफू निकट केही नेताहरुसँग बालुवाटारमा परामर्श गरेका थिए।

यस्तै, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली समूहबाट गरिएका प्रस्ताव दाहाल–नेपाल समूहले अस्वीकार गरेको छ। ओली समूहका नेताहरुले दुई अध्यक्ष छलफलमा बसेर समस्याको समाधान खोजिनुपर्ने बताउँदै आएका छन्। तर, दाहाल–नेपाल समूह बैठकबाट समस्याको समाधान खोज्नुपर्ने अडानमा छन्। सहमति नभए बहुमत–अल्पमतबाटै भए पनि निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ। तर, ओली समूहले बहुमत–अल्पमततिर गए पार्टी विभाजन हुन सक्ने बताएको छ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीमा देखिएको संकट सर्वसम्मतिले नभए विधि प्रक्रियाबाट हल खोजिने बताइन्। उनले भनिन्, ‘पार्टी एकता संकटमा छ। आगामी बैठकमा गम्भीर छलफल गर्नुपर्छ। सकेसम्मत सर्वसम्मतिबाट नभए विधि र प्रक्रियाबाट निर्णय गरेर भए पनि पार्टीलाई एकताबद्ध गर्नुपर्छ। पार्टी अनिर्णयको बन्दी हुँदैन। प्रधानमन्त्रीले बैठक छल्न पाउनुहुन्न, उहाँ बैठकमा सहभागी हुनुपर्छ।’

यसबीचमा दोस्रो तहका नेताहरुको दौडधूप भए पनि ओली र दाहालबीच भने सम्वाद भएको छैन। कात्तिक २५ यता दुई अध्यक्षबीच सम्वाद भएको छैन। उनीहरुबीच संवादका लागि ओली निकट नेताहरुले दाहाललाई भेटेर फकाउने प्रयास गरेका छन्। तर, एकअर्कामाथि आरोपपूर्ण प्रस्ताव अगाडि सारेका दुई अध्यक्षबीच दुरी र अविश्वास बढेको छ।

प्रकाशित मिति २०७७ मङ्सिर २० गते शनिवार ०३:०८
प्रतिक्रिया दिनुहोस