गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश सभाको अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको सातौं मन्त्रिपरिषद्को बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
पोखरा सभागृहमा सुरु हुने बैठक आइतबार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।मन्त्रिपरिषद्को बैठकले अधिवेशन डाक्न सिफारिससहित सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिसमेत लिने निर्णयसमेत गरिएको प्रवक्ता बस्नेतले बताएका छन् । ‘भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयको सडक सम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति लिएर बैठक समापन भएको छ,’ उनले भने ।
प्रकाशित मिति २०७८ जेठ ११ गते मङ्गलबार ०९:१७