बाढीले मनाङको चामेमा ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

बाढीले मनाङको चामेमा ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार १ गते मङ्गलबार ११:२४

मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी...

मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।

‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ उनले भने, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।’ डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए ।

प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार ११:२४
प्रतिक्रिया दिनुहोस