कुश्मा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न, आर्थिक वर्ष ०७८/७९ का लागि रु ७५ करोड २९ लाख

कुश्मा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न, आर्थिक वर्ष ०७८/७९ का लागि रु ७५ करोड २९ लाख

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार ११ गते शुक्रबार ०२:४०

त्यस्तै मानिवय विकासका लागि रु ७० लाख र न्यायिक समितिलाई १४ लाख रुपैयाँ बिनीयोजन गरिएको छ । नगरपालिकाले सञ्चार क्षेत्रका लागि रु.१० लाख रुपैया बिनीयोजन गरेको छ । नगरसभामा नगरप्रमुख रामचन्द्र जोशीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो

बजेटमा समपुरक कोषतर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ रु.१ करोड तथा आकस्मिक कोष/प्रकोप व्वस्थापन कोषमा ४५ लाख बिनीयोजन गरिएको छ । कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना भाईरस रोकथाम, लगायत स्वास्थ्य क्षेत्रमा रु ५ करोड ८१ लाख रुपैया बिनीयोजन गरेको छ ।

शिक्षा तर्फ रु २९ करोड ५५ लाख, कृषि क्षेत्रका १ करोड ११ लाख र पूर्वाधार तर्फ ८ करोड १६ लाख रुपैया बिनीयोजन गरेको छ । कुश्मामा घण्टाघर निर्माणका लागि रु ५० लाख रुपैया बिनीयोजन गरिएको छ भने जेष्ठ नागरिक दिवश सेवा केन्द्र स्थापनाका लागि २ करोड २६ लाख रुपैया बिनीयोजन भएको छ त्यस्तै मानिवय विकासका लागि रु ७० लाख र न्यायिक समितिलाई १४ लाख रुपैयाँ बिनीयोजन गरिएको छ । नगरपालिकाले सञ्चार क्षेत्रका लागि रु.१० लाख रुपैया बिनीयोजन गरेको छ । नगरसभामा नगरप्रमुख रामचन्द्र जोशीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल अन्तिम चरणमा आएको बताउँदै कुश्मा नगरपालिकालाई समृद्ध नगर बनाउन सफल भएको बताउनुभयो ।

सो अवसरमा उपप्रमुख सिता काफ्ले लामिछानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । सातौ नगरसभाले विनीयोजन विधयक र आर्थिक विधेयक र ऐन समेत पारित गरेको छ ।

प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०२:४०
प्रतिक्रिया दिनुहोस