निर्वाचन आयोगले मतपत्र देख्न नसक्ने मतदाताका लागि सहयोगी राख्न पाउने व्यवस्था गरेको छ।
तर, त्यस्ता सहयोगी राख्न निर्वाचन गराउन खटिएका मतदान अधिकृतले अनुमति दिनुपर्नेछ। तर ती सहयोगी एउटै घरको हुनुपर्ने आयोगले जनाएको छ।वैशाख ३० गते निर्वाचन हुने दिन दृष्टिविहीन, शारीरिक अशक्तता भएका व्यक्ति वा अरु कुनै कारणले मत संकेत गर्न नसक्ने मतदाताले एकाघरका परिवारका सदस्यलाई मत संकेत गर्ने स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा गोप्य स्थानमा प्रवेश गर्न दिनुपर्नेछ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था छ।’
तर, मतदाताले निर्वाचन अधिकृतलाई मत संकेत गर्न नसक्ने बारे भने खुलाउनुपर्ने आयोगले जनाएको छ।
एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगले प्रष्ट पारेको छ।
प्रकाशित मिति २०७९ बैशाख २८ गते बुधबार ०९:५६