पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज तपाईंको राशिफल

पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज  तपाईंको राशिफल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० साउन २६ गते शुक्रबार ०१:५६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्ने छ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्ने छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सुखद् यात्राको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ र शुभकार्यको योग छ । वैदेशिक कार्य अघि बढ्ने छ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कष्टपूर्ण यात्रा हुनसक्छ । वैदेशिक क्षेत्र कमजोर रहने छ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । अनावश्यक ठाउँमा धन खर्च होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कामका विभिन्न अवसर फेला पर्नेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पनि मिल्ने छ ।
ज्यो. प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति २०८० साउन २६ गते शुक्रबार ०१:५६
प्रतिक्रिया दिनुहोस