अाजका राशिफल भदाै १८ साेम्बार

अाजका राशिफल भदाै १८ साेम्बार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० भदौ १८ गते सोमबार ०१:०१

वि.सं.२०८० साल भदाै १८ गते । साेमवार । ईश्वी सन् २०२३ सेप्टेम्बर ४ तारिख । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ...

वि.सं.२०८० साल भदाै १८ गते । साेमवार । ईश्वी सन् २०२३ सेप्टेम्बर ४ तारिख ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

छोटो समयमै कामकाे जग बसाउन सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी काम बन्न सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ ।

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ । स्वास्थ्य कमजाेर रहे पनि धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगाे काममा जग बसाउन सकिनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

चुनौतीभित्र अवसर खोज्ने समय छ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन् । शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । कामले महत्त्वाकांक्षा बढाउन सक्छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपरे पनि फाइदै हुनेछ । व्यवसायतर्फ विशेष अवसर प्राप्त हुन सक्छ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । श्रम परे पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ । काममा अरूको भर नपर्नुहोला । रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । आफन्तसँग मतभेद हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको साथ-सहयाेगले काम बन्नेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०१:०१
प्रतिक्रिया दिनुहोस