सहिद स्मारक आवासीय विद्यालयकोे ३२ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिभिद सास्कृत कार्यक्रम गर्दै ३२ औ बार्षिक उत्सव तथा अभिभावक दिवस बुधवार सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमा बोल्दै शिक्षा समन्वय इकाईका प्रमुख मोतीलाल चपाई ले पक्षिल्लो समयमा निजि स्कुलमा बिधार्थी को चासो बढेको हुदाँ ब्यावाहारीक शिक्षा लाई जोड दिन आग्रह गर्दै १२ पास गरेपछि बैदेशिक रोजगारमा बिदेश पलायन हुने युवाहरुको ताती लाई रोक्नु पर्नै बताउदै विद्यालय अनुसासित बनाउनको लागि शिक्षक अभिभावक विद्यालय यवस्थापनको सम्वन्ध त्रिकोणात्मक हुनु पर्नै बताउदै विगतमा भइरहेको परम्परागत शिक्षा र अहिलेको प्राविधिक शिक्षाबिच धेरै भिन्नता रहेको बताउदै जिल्लामा निजि विद्यालयको संख्या धेरै रहेको हुदाँ आप्नो गुणस्तरतालाई ध्यान दिन आग्रह र्गनु भएको हो ।

उक्त कार्यक्रमा नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य तथा जिल्ला शाखाका अध्यक्ष रुद्र बहादुर रिमाल ,नगर शिक्षा अधिकृत दिपक सुबेदी,कुस्मा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष इश्वर गिरि ,नमुना आवासीय माबिका प्रधानध्यापक इन्द्रमान खत्री ,समाज सेवी सरस्वती भन्डारी , शिवालय माबिका विद्यालय ब्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर भन्डारी अभिभावक को तर्फदेखि पुनम गिरि लगायतले मन्तब्य राख्नु भएको थियो ।
बार्षिक उत्सव तथा अभि
भावक भेलामा बिभिन्न सास्कृतीक कार्यक्रम तथा पुरस्कार बितरण अभिभाव सम्मान तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको हो । प्रधानाध्यापक तेजेन्द्र बहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षिका सुप्रीमा गिरि र कार्यक्रमको संचालन शिक्षिका पार्वती पोख्रेललेर्गनु भएको थियो
प्रकाशित मिति २०८१ माघ १७ गते बिहिबार ०७:३९