राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा अनुसार जलजला गाउँपालिका अन्तर्गतका विद्यालय तथा विद्यार्थीहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्। यसपटक समग्र नतिजाले थप हौसला दिने खालको संकेत गरेको छ।
२०८० मा पालिकाभित्रको औसत पास दर ६१.९३ प्रतिशत मात्र रहेकोमा, यस वर्ष त्यो दर ८५.२० प्रतिशत मा उक्लिएको छ। यसले सशक्त व्यवस्थापन, विद्यार्थीको मिहिनेत, शिक्षकहरूको लगनशीलता, अभिभावकहरूको साथ, र सबै सरोकारवालाहरूको योगदानलाई स्पष्ट देखाएको छ।
यद्यपि पूर्ण सन्तुष्टि हुने अवस्था अझै कायम भइसकेको छैन, तर सुधारको गतिलाई देख्दा जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने दिशामा गरेको प्रयास सफल हुँदै गएको पुष्टि भएको छ।
यस वर्षको नतिजामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र विद्यालय निम्न छन्:
सर्वोत्कृष्ट विद्यार्थी:
कविराज आचार्य, श्री कृष्ण भवन धर्म मावि — GPA 3.95
सामुदायिक तर्फ सर्वोत्कृष्ट विद्यालय:
श्री जनकल्याण मावि — १००% पास दर
निजी तर्फ सर्वोत्कृष्ट विद्यालय:
अमृत आदर्श प्याराडाइज एकेडेमी — १००% पास दर
उल्लेखनीय सुधार भएका विद्यालयहरू
Shree Jyoti Mandal Ma.vi
२०८० मा: ०%
२०८१ मा: ८३.३४%
विश्लेषण: शून्यबाट सीधा ८३.३४% मा पुग्नु सकारात्मक परिवर्तनको सूचक हो।
Shree Krishna Bhawan Dharma
२०८० मा: ४१.६७%
२०८१ मा: ८५.७१%
विश्लेषण: दोब्बरभन्दा बढी सुधार देखिएको छ।
Shree Gramprakash Ma.Vi
२०८० मा: ४७.३७%
२०८१ मा: ९०.३२%
विश्लेषण: उल्लेखनीय प्रगति, नियमित शिक्षण प्रक्रिया प्रभावकारी भएको देखिन्छ।
स्थिर र उत्कृष्ट प्रदर्शन
Amrit Aadarsha p. Academy
दुवै वर्ष १००% पास दर
विश्लेषण: निरन्तर उत्कृष्ट नतिजा कायम गर्न सफल।
New Horizon EBS
२०८० मा: ८६.६७%
२०८१ मा: ९५%
विश्लेषण: गुणस्तरीय सुधारसहित शैक्षिक सुदृढता देखिएको छ।
गिरावट
Shree Jyoti Ma.VI.
२०८० मा: ६४.२८%
२०८१ मा: ०%
विश्लेषण: अत्यन्त गम्भीर गिरावट, तुरुन्त हस्तक्षेप आवश्यक।
Shree Banau Ma.vi
२०८० मा: ८५.७१%
२०८१ मा: ६३.६३%
विश्लेषण: अघिल्लो वर्षको तुलनामा उल्लेखनीय कमी, कारण खोजी आवश्यक।
क्रमिक सुधार देखिएका विद्यालयहरू
Shree Shiva Ma.VI.: १७.६५% बाट ७५%
Shree Shalija Ma.vi: ४६.१५% बाट ५३.४४%
यसैबीच जलजला गाउँपालिकाले यस सफलतामा सबैलाई धन्यवाद ज्ञापन गर्दै सर्बपक्षीय अथक मिहिनेत र प्रयासकै फलस्वरूप अघिल्लो वर्षको तुलनामा झण्डै २५% सुधार भएको हो। सामुदायिक विद्यालय सुधारलाई नै मूल विकास मानेर अघि बढेको यो अभियानमा साथ दिने सम्पूर्ण विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका अभियन्ताहरूलाई हार्दिक धन्यवाद प्रकट गरेको छ ।
प्रकाशित मिति २०८२ असार १५ गते आईतबार ०१:५७