दुई दिने किचन सेफ्टी तथा जलन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।पर्वत जिल्लाको कुश्मा नगरपालिका–६ मा रहेको शहीद स्मारक बोर्डिङ स्कुलको आयोजना तथा टिम फोनिक्स नेपालको सहकार्यमा किचन सेफ्टी तथा जलन सम्बन्धी प्रशिक्षण कार्यक्रम दि किल्प बन्जीरिसोटमा यहि पौष १३ र १४ गते भएको हो ।
उक्त कार्यक्रममा घरायसी भान्सामा हुने आगलागी, ग्यास चुहावट, तातो तेल, प्रेसर कुकर तथा विद्युतीय उपकरणको असावधानीपूर्ण प्रयोगका कारण हुने दुर्घटनाबाट जोगिन समुदायलाई सचेत बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै संबिधान सभाका सदस्य तथा नेपालि कांग्रेसका केन्दीय सदस्य अर्जुन जोशिले पछिल्लो समय घरभित्रै हुने यस्ता दुर्घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याइरहेको सन्दर्भमा यो कार्यक्रम निकै महत्वपूर्ण रहेको भन्दै यस्ता खालका कार्यक्रम ध्यान दियर लागु गर्न बिध्यार्थी हरुलाई आग्रह र्गनु भएको थियो ।

फोनिक्स नेपालका सामाजिक अभियान्ता उज्वल बिक्रम थापा र बोर्न डा किरण किशोर नकर्मी ,रमेश केसि लगाएतले कार्यक्रममा किचन सेफ्टीका आधारभूत नियम, ग्यास सिलिन्डर सुरक्षित रूपमा प्रयोग गर्ने तरिका, आगलागी हुँदा तत्काल अपनाउनुपर्ने उपाय तथा आगो नियन्त्रण गर्ने विभिन्न विधि ,त्यसैगरी जलन भएका अवस्थामा प्राथमिक उपचार कसरी गर्ने, जलनको स्तर पहिचान गर्ने तथा अस्पताल लैजानुअघि के–कस्ता सावधानी अपनाउनुपर्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षणमा सहिद स्मारक बोडिङ्ग स्कुलका प्रिन्सिपल तेजेन्द्र सुबेदी ,, नारायण माबिका सहायक प्रमुख , नमुमा आवासिय माध्यामिक प्रिन्सिपल इन्द्रमान खत्री , कालिगण्डकी ऐकेडमीका प्रिन्सिपल बसन्त कर्मचाय , शिवालयमाबिका प्रध्यानध्यापक ,लगायत २००० विद्यार्थी, अभिभावक लगाएको सहभागिता रहेको थियो ।
विद्यालयलाई शैक्षिक केन्द्रका रूपमा मात्र नभई समुदायमा चेतना फैलाउने संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने सहिद स्मारक बोडिङ्गका प्रिन्सिपल तेजेन्द्र सुबेदीले प्रतिबद्धता जनाउनु भएको छ । कुस्मा नगरपालिका वडा नं ४ ,७ ,८ ,१४ का अध्यक्षहरु पत्रकार लगाएको उपस्थीति रहेको शहीद स्मारक बोडिङ्गका स्कुलका प्रिन्सिपल तेजेन्द्र सुवेदीले धौलागिरि मिडियालाई जानकारी दिनु भएको छ । कार्यक्रममा नमुना आवाशिय माध्यमिक बिद्यालयका प्रिन्सिपल इन्द्रमान खत्रीको मन्त्वय रहेको थियो । शहिद स्मारक बोडिङ्गका बिद्यायल ब्यवस्थापन समितिका अध्यक्ष किशोर भण्डारी को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार बिष्णु सापकोटा गौतमले र्गनु भएको सुवेदीले धौलागिरि मिडियालाई जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८२ पुस १५ गते मङ्गलबार ०२:२९