कुस्मा–८ चुवामा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न ।अाज देखि नयाँ भवन बाट सेवा प्रभाव गर्दै

कुस्मा–८ चुवामा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न ।अाज देखि नयाँ  भवन बाट सेवा प्रभाव  गर्दै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ भदौ १ गते सोमबार ०२:१८

पर्वतकाे  कुस्मा नगरपालिका वडा नं. ८ चुवामा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। संघीय शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङद्वारा निर्माण गरिएको भवनको सोमबार एक समारोहबीच कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र...

पर्वतकाे  कुस्मा नगरपालिका वडा नं. ८ चुवामा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। संघीय शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङद्वारा निर्माण गरिएको भवनको सोमबार एक समारोहबीच कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै नगरप्रमुख जोशीले आफू कुस्मा नगरपालिकामा निर्वाचित भएको झण्डै ९ वर्षको अवधिमा पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य काम भएको बताए। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत् तथा सिँचाइजस्ता क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको उनको भनाइ थियो।
नगरप्रमुख जोशीले नागरिकले स्थानीय सरकारको अनुभूति गर्ने गरी काम गरिएको दाबी गर्दै बाँकी रहेका अधुरा योजनासमेत आगामी दिनमा पूरा गर्दै जाने बताए। उनका अनुसार संघीय शहरी तथा भवन निर्माण आयोजना कार्यालयसँगको सहकार्यमा गत आर्थिक वर्षमा नगरपालिकाका दुई वडा कार्यालयका भवन, एक व्यावसायिक भवन तथा नौ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ।
करिब एक करोड 40 लाख रुपैयाँको लागतमा निर्माण भएको वडा कार्यालय भवनमा 4 कार्यकक्षसहित एउटा सभाहलसमेत रहेको छ। पुरानो भवन जीर्ण बन्दै गएपछि  भाडमा  बसेकाे थियाे भने अहिले  भवन निर्माण गरिएको हो। नयाँ भवन निर्माण भएपछि नागरिकलाई सेवा प्रवाह गर्न सहज भएको बताइएको छ।
कुस्मा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र केसीले पुरानो जीर्ण भवनबाट सेवा प्रवाह गर्दा समस्या हुँदै आएको बताए। नयाँ भवन निर्माण भएपछि नागरिकलाई दैनिक सेवा प्रदान गर्न सहज हुनुका साथै सभा, सम्मेलन, गोष्ठी तथा सामाजिक कार्यक्रम सञ्चालन गर्नसमेत सुविधा पुगेको उनले बताए।
वडा अध्यक्ष केसीले आफू निर्वाचित भएदेखि नै वडा कार्यालयलाई नयाँ भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको र अहिले त्यो लक्ष्य पूरा भएको बताए।
कार्यक्रममा कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, वडा नं. ६ का अध्यक्ष ईश्वर गिरी, वडा नं. १२ का अध्यक्ष झलक रिमाललगायतले सुभकामना मन्तवय राख्नु भएकाे थियाे भने  सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारसमेत सुविधासम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।
कुस्मा नगरपालिकाले पछिल्लो समय वडा कार्यालय तथा अन्य पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। गत आर्थिक वर्षमा कुल ४९ करोड रुपैयाँको बजेटमार्फत वडा नं. ८ चुवाको वडा कार्यालय भवन तथा वडा नं. ९ पाङको वडा कार्यालय भवन निर्माण गरिएको थियो।
त्यस्तै, कुस्मा नगरपालिकाका विभिन्न वडामा व्यावसायिक भवन निर्माण तथा सडक कालोपत्रे गर्ने कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ।
गत वर्ष साउन ३० गते शिलान्यास गरिएको वडा नं. ८ चुवाको भवन एक वर्षकै अवधिमा निर्माण सम्पन्न भई सेवा प्रवाहसमेत सुरु भएको नगरपालिकाले जनाएको छ

प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ०२:१८
प्रतिक्रिया दिनुहोस