विवाहमण्डपबाटै समातिए,बेहुला बेहुली तीन दिन थुनिए अनि घरमा भित्रिए

विवाहमण्डपबाटै समातिए,बेहुला बेहुली तीन दिन थुनिए अनि घरमा भित्रिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ २९ गते बुधबार १२:४८

गत शनिवार खाँदबारी नगरपालिका-६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गर्यो। जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी दिएपछि प्रहरीको टोलीले  बेहुला–बेहुलीसहित उनीहरुका...

गत शनिवार खाँदबारी नगरपालिका-६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गर्यो। जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी दिएपछि प्रहरीको टोलीले  बेहुला–बेहुलीसहित उनीहरुका बाबुलाई पक्राउ गर्यो।  बेहुलीको परिवारले छोरी २० वर्ष पुगिसकेको जानकारी गराउँदा गराउँदै प्रहरीले पक्राउ गरेको आरोप लगाए। प्रहरीले बेहुला ३६ वर्षीय जीतबहादुर तामाङ, उनका बुवा कैलाशपति तामाङ, बेहुली र उनका बुवा तीर्थ तामाङलाई पक्राउ गरेको थियो।  तर तीन दिन हिरासतमा राखेपछि प्रमाण नपुगेको भन्दै प्रहरीले चारैजनालाई सोमबार थुनामुक्त गरेको  छ।

 

जिल्ला प्रहरी कार्यालय संखुवाभाका प्रहरी निरीक्षक सन्तोश राईका अनुसार बेहुलीको उमेर खुल्ने कागपत्र नभेटिएपछि रिहा गर्नु परेको हो ।  उजुरी दिने संस्थासँग पनि बेहुलीको उमेर खुल्ने कागजात र प्रमाण नभएको पाइएको छ। बाल क्लव समन्वय समितिका पूर्वअध्यक्ष खेवाहाङ मेवाहाङले प्रमाण जुटाएर उजुरी दिन आफुहरु अदालत नभएको बताए।   ‘हाम्रो काम उजुरी दिने हो, प्रमाण जुटाउने काम प्रहरीको हो’, उनले भने ।  बिनाप्रमाण प्रहरीले विवाह मण्डपबाटै पक्राउ गर्दा पीडित परिवार भने आक्रोशत छन् । प्रहरीले उनीहरुलाई वडाअध्यक्ष दयानीधि बरालको रोहबरमा रिहा गरेको छ ।

प्रकाशित मिति २०७६ जेठ २९ गते बुधबार १२:४८
प्रतिक्रिया दिनुहोस